(लेखमा उल्लेख गरिएका सबै घटना सत्य भए पनि पाठकवर्गको सोचाइ र भावना विपरित भएमा सम्योगमात्र भएको बुझिदिनु होला । यो लेख मेरा पुज्य आदरणीय बुबाले गर्ने विश्लेषणको काल्पनिक मनोभावमा आधारित मेरो निजी तथा स्वातन्त्र विचार हो।) 
 – विद्यापति मिश्र, काठमाडौ नेपाल

मेरो नाम पदमलाल मिश्र हो । म विद्यापति मिश्रको बुबा हुँ र अहिले पनि बेलडागी २ ए-१-१० मा बसेको छु । विद्यापति मेरो काइलो छोरो हो । अहिले म ६४ बर्षो भएँ । शिक्षाका लागि मैले विद्यालय भने एकैदिन पनि टेक्न पाइन । तर मेरा छोराहरु मलाई साक्षर बाबा भन्छन, यो उनिहरुको नितान्त निजी विश्लेशण हो ।
 
धेरै बर्षघि देखि म शिविर बेवस्थापन समितिमा काम गरिरहेको छु । विशेशगरी स्वस्थ्य उपचारका लागि आम्दाले बेबस्तागरेका र रेफरल नपाएका शरणार्थीका लागि म अघि र्सदछु । यो कामबाट मैले धेरै खुसि बटुलेको छु । सबैले मलाई आज हेल्थमा काम गर्ने मिश्र बा भनेर बोलाउछन् । पुनर्वाशका क्रममा धेरै साथीभाइहरु अमेरीका छिरेका छन् । परिवारबाटै आधाभन्दा बढी सदस्यहरु त्यहाँ पुगेका छन् । अरु भने जानेक्रममा छन् ।
 
कम्पुटर मैले कहिल्यै चलाको छैन । तर शिविरका आसपासमा रहेका साइबरबाट अमेरीकामा रहेका छोरा-छोरी संग कुरा गर्नसम्म चाहि आउन थाल्यो । हप्तामा एक पटक बुडियासित म साइबरबस्छु र भिडियो च्याट गर्दछु । भर्जिनियामा रहेका मेरा आदरणीय दाईको जन्तरे छोरोले हामीलाई यी सबै काम सिकाउदैछ ।
 
तर अब चाँडै मेरो भतिजो जन्तरे पनि त्यतै लाग्दैछ । आज भोली जन्तरे अलिक व्यस्त भएको पाएको छु । मेडिकल र ओरेन्टेसन सकेर बसेको जन्तरेले अमेरीकामा पुगे पछि एउटा भूटानीको संगठन खोल्ने भनेर पुनर्वाशमा जानलागेका साथीभाईसंग परामर्श गर्दैछ । जन्तरे मसंग भन्ने गर्दछ- त्यहाँ पनि धेरै संगठनहरु जन्मेका छन्, हामी चाहि यतैबाट एउटा नामाकरण गरेर एक-दइ सय सदस्यताबोकेर जाँदैछौं काका । मलाई पनि उसले सदस्यताको लागि घरिघरि संझाउछ । तर मैले केहि पनि भनेको छुइन ।
 
मेरी माइली छोरी अमेरिकाको न्यूयोर्क सिटीमा एक वर्षेखि बस्तै आएकी छ । ऊ पनि एउटा ठूलै संगठनको सदस्य हुन लागेकी छ । पुनर्वाशभन्दा अघि त्यहाँ पुगेका शरणार्थीहरुले खोलेको संगठन अरे त्यो । ऊ भन्छे बुबा यहाँ त भूटानीहरुका राज्यैपिछे संगठन छन तर यस्ले भने सबैलाई प्रतिनिधित्व गरेको छ । सामाजिक काम पनि गरिरहेको छ ।
 
मेरो जेठो छोराको ६ सदस्यीय परिवार नर्थ क्यारोलिनामा पुगेको आज ३९ दिन भएको छ । मेरो छोरालाई सस्थाले फुड स्ट्याप दिएन । सबैमा हारगुहार गर्दा पनि केहि लागेन बुबा – भनेर मलाई फोन ग-यो । खानले मर्न लागियो पैसा पनि छैन, कसैले सहयोग पनि गरेन भनेर रुन थाल्यो । अनि मैले छोरो विद्यापतिलाई यो कुरा गरें । उसले काठमाण्डौबाट अमेरिका जाने एक जनालाई ३०० डलर पठायो र उनीहरुले एक महिना कटाए । हिजोमात्र उसले फोन ग-यो ३७ दिनका दिन फुड स्ट्याप पाइयो भनेर ।
 
जेठा छोराका चारै जना नानीहरु स्कुल जाँदैछन् । छोरो जेठोसंगै त्यहाँ पुगेकी माइली बुहारीका ३ जना नानीहरु बिद्यालय भर्ना भएका छैनन् । उनीहरुलाई चार महिना पछि मात्र हुनसक्छ भनेको छ अरे । जेठो छोराकी ठूली नानी र माइली बुहारीकी जेठी छोरीले मेरोभन्दा अलिक राम्रो अंग्रेजी बोल्दछ । अरु सबै ससाना वा अंग्रेजी बोल्न नजान्ने छन् ।
 
कान्छो छोरा टिपि मिश्र पनि न्यूयोर्कमा बस्छ । जागिरको नाममा एक महिना काम ग-यो । त्यस पछि पत्रकारिताका नाममा समाचार लेख्छ । भरखरै उस्ले केहि पुराना शिविर सचिब र नेताहरु मिलेर एउटा नयाँ भूटानीहरुको छाता संठनको तयारीको विषयमा समाचार लेखेछ ।
 
बेरोजगार भए पनि म सायद त्यो संगठनको पहिलो अधिवेशनमा जर्जिया रिपोर्टिङ गर्न जान्छु भन्छ । त्यसको लागि ऊ जस्तै धेरै बेरोजगार साथी र अग्रजहरु त्यहाँ जम्मा हुँदैछन अरे । म भने उसलाई पैसा बाँकी गरेर नजानु भनेर सम्झाउदैछु ।
 
जेठा छोरोको परिवार खानले मर्नलागेको बेला माइली छोरीले सदस्यता लिनलागेको संगठनले पनि त्यसका लागि केहि गरेन् । माइली बुहारीका बच्चाको पढाइका लागि बोलिदिने त धेरैसंगठन छन् अरे तर कसैको फर्ुर्सद छैन । त्यहाँको सरकारले आफै देख्ला बरु ।
 
बेलडागी शिविरमा फेरी आगलागी भएको छ । छोरो काइलो विद्यापति भने विगतमा झै अग्नीपिडितलाई सहयोग उठाउनु पर्ला भनेर भन्दैछ । सबैभन्दा बढी २५ हजार भूटानी अमेरिका पुगेका छन् । विद्यापति भन्छ – २५ हजारमा आधाजति काम गर्दछन बुबा । मेरो लाटो मनले पनि विजोक अवस्थाका यी पीडितलाई १०, ००० भूटानीले एक डलरका दरले सहयोग गर्लान जस्तो लाग्छ । अनि राज्यै पिछेका संगठनले पनि कम्तिमा १० डरलका दरले त सहयोग गर्लान ।
 
म भने अर्कै काममा अझेको छु । अस्ति आइतबारका दिन बेलडागी १ शिविरको एउटा १४ बषर्ीय राइ केटाले आत्मा हत्याको प्रयास गरेछ । घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा छिमेकीले डोरी काटेछन् । उसलाई आम्दामा लगियो र अहिले उसको उपचार हुँदैछ । हिजो साँझमा म दमक खरखरेस्थित आम्दा अस्पतालमा उसलाई हर्ेन पुगेको थिएँ । आमा-बाबुले रातो दिन रक्सि खाएको पीडाले उसले जुन्डिने प्रयत्न गरेको थाहाँ भएको छ ।
 
बेलडागी १ मै करिब चार दिनअघि ५ जना बालबालिकालाई परिवारबाट उद्धार गरि शिविरको बालस्याहार केन्द्रमा बुझाइएको छ । उनीहरुलाई परिवारले पालनपोषण गर्न नचहाएको र अर्समर्थ रहेको अवस्था पाइयो ।
 
उपचारको अभावमा मृत्युका मुखमा छटपटि रहेका धेरै बालबालिका र यूवाको सूचि मेरो खल्तिमा छ । विद्यालयलाई लतारे जाड-रक्सिका भरमा जीउ धान्ने यूवा-यूवती पनि यहाँ कम छैन् । यी सबै मेरा छोरा-छोरी हुन् । उनीहरुलाई सत्य र सही मार्गदर्शको खाँचो छ । सानो तिनो तालिम पाए उनीहरु धेरै खुसि हुने थिए । यीनिहरु पनि भूटानी नै हुन अनि पुनर्वाशमा जाने चहाना पनि हुनसक्छ । उनीहरुले पनि जन्तरे भतिजोले जस्तै संगठन खोल्न सक्छन् ।
 
आज हामीलाई धेरै संगठनको खाँचो छ । संगठन खोल्न खासै कसैको सहयोगको आवश्यकता पर्दैन । दुइचार जना भए पुगि हाल्छ । अमेरीकामा कम्तिमा ५०० वटा र शरणार्थी जाने अन्यसबै देशमा २०-२० वटा त्यसता संठगन खोल्न सके पुनर्वाश भएका सबै भूटानी र भूटानी तानाशाह मात्र हैन, त्यहाँका गोरेहरु पनि दंग हुने थिए । अनि जोखिम अवस्थामा त्यसता संठनले पु-याउदै आएको सहयोगको मोटो रकम बरु कन्भेन्सन र सेमिनारका लागि खर्च गर्न सकिन्छ । सबै संठनका सदस्यता फारम शिविरतिर पनि उपलब्ध गराउन सकियो भने राम्रो होला । यो सबैमा चेतना भया । 

Advertisements