मेरा परममित्र मनोज जी र मेरा भेट विशेशता सात वर्षअधि खुदुनाबारीमा भएको थियो । त्यती बेला म पत्रकारिताको सुरुका दिनमा गरिने अथाहा दौडधुपमा लागेको थिए । पछि विभिन्न कार्यक्रमहरुमा वहुसित मेरो भेट धेरै पटक भयो । शरणार्थी सरोकार कार्यक्रममा वहुसित मैले विभिन्न शिर्षकमा कुराकहानी गरेको छु जुन अधिले पनि मसंग सुरक्षित छन् ।
वहुका पछिल्ला गुगलग्रपमा देखापरेका अभिव्यक्ति पढ्दा कता कता अलिक नरमाइलो लाग्यो । मेरा मित्रमा त्यती सारोगरि झाङ्गिउको घमण्ड छ जस्तो त लागेको थिएन । तर अझ पनि खुदुनावारीका ९० प्रतिसत मान्छेले मलाई समर्थन गर्दछन् र पुनर्वाश प्रकृया वहुको कृपाले आएको भन्ने आसयका अभिव्यक्तिले मलाई काउकुती लगाएको छ ।
हुन त पहिलो कुरा खुदुनाबारीका बासिन्दाले भन्ने कुरा होला जस्तो लाग्छ । तर वहुले अलिकति इतिहासलाई भुलेको हो कि जस्तो लाग्यो । वहु शिविर सचिब रहेको बेला जतिखेर वहाँ तेस्रो मुलुक पक्षधर साथीहरुसित व्यस्त हुनुहुन्थ्यो त्यसबेला वहुविरुद्ध केहि प्रर्दशन वा तयस्ता गतिविधिका प्रयत्नहरु भएका थिए । शिविरबाट विस्थापित भएर दमकमा बसेको बेला वहुका ती ९० प्रतिशत जनता कहु गएका थिए सायद यो वहुको मस्तिष्कमा सधै खेल्ने प्रश्न होला जस्तो लाग्छ ।
ऐतिहासि मानिएको भूटान पिपुल्स पार्टीले पनि ९० हजार जन्ाता आफ्नो पक्षमा भएको दाबी गरेको थिए । पछि शरणार्थीभित्रै बाट पार्टीका नेताको हत्या भएपछि त्यसले एउटा पाठ सिकायौ -जनताको मन कसैले बुझ्न सक्दैन भनेर । नेपालका पूर्वराजा ज्ञानेन्द्रले पनि यहि फरमूलाबाट दरबार छाडनु प-यो । आर।बी।बस्नेतको पार्थिब शरीर काठमाडौबाट माइधारसम्म लगिदा धेरै शरणार्थीको सहभागिता अपेक्षागरिएको थियो । तर स्थिति ठ्याक्कै उल्टो भयो । दुई-अडाइसय मलामी मात्र स्र्वगीय बस्नेतको अन्तिेष्टिमा सहभागि भएका थिए ।
दुर्गा गिरीको नेतृत्वमा जेनेभामा तयगरिएको प्रर्दशनमा छाप्राका शरणार्थीले विशाल सहभागिताको अपेक्षा गरेका थिए । अझ अमेरीकाबाट ठूलो संख्या त्यहाँ जाला भन्ने सबैको मनसाय थियो । परम मित्र मनोज जीले सुरु गरेको पुनर्वाश प्रकृयाभन्दा अघि त्यहाँ पुगेका धेरै अग्रजहरु सहभागी होलान भन्ने सबैले सोचेका थिए तर त्यस्ातो भएन ।
मेरै कुरा गर्दा अर्को रमाइलो प्रसंग छ । भूटान समाचार सेवाले विकल्पसंग पहिलो पटक उनिसंगको अन्तरवार्ता सार्वजनिक गरेको थियो । त्यसपछि पछि काठमाडौ र शिविरमा रहेको माओवादीसाथीहरु सितको सम्बन्ध विस्तार भयो । म सोच्ने गर्थे शिविरका माओवादीसाथीहरुले हाम्रो पत्रकारितालाई सकारात्मक लिन्छन भनेर । केन्द्रीय नेताहरुसंगको मेरो त्यस्तो सम्पर्कले ममाथी पनि मित्र मनोज जीमा जस्तै अलिक घमण्ड खडा गरेको थियो । तर एक दिन म आफ्नै शिविर सेक्टर डीमा उनीहरुको उउटा कार्यक्रममा पुगेको थिए । मलाई सबैले घेरेर झण्डै मुक्का मारे । धेरै लामो विवाद पछि मलाई त्यहाँ प्रवेश गराइयो । पछि सहकर्मी इच्छा अर्जुन र जितेन जीले पनि त्यसप्रकारका प्रतिकार सहनु पर्दा बल्ल हाम्रा आँखा खुलेका थिए मित्र मनोज जी ।
अव मनोज जीको कृपाले आएको पुनर्वाश प्रकि्रयाको कुरा ग-यौ । पुनर्वाश प्रकि्रया आँफैले सुरु गरेको दाबी गरेर मनोज जीले सबैसामु भेरी आफैलाई चिनाउदै हुनुहुन्छ । अमेरीका छिरे लग्तै नेपालको राष्ट्रि्रय झण्डाका साथ हाँसेर तस्वीर सार्वजनिक गर्नु भएको हिजो मात्र जस्तो लाग्छ । फेरी अर्को रमाइलो कुरा लिएर पस्तुत हुनु भएको छ । वहुलाई बधाइ नदिरहन सकिन्न । मनोज जी तपाईले गरेको अभियानको भूटानीहरुले समर्थन गरेका छन् ।
 
तर तपाईको अभियानले पुनर्वाश आएको हैन । बरु तपाईले यसलाई कार्यन्वायन गर्ने कुरामा केही न केही भूमिका खेल्नु भएको होला त्यसको लागि म पनि आभारी छु । मित्रजी तपाईले सुरुगरेको भनेको पुनर्वाशको प्रयास धेरै वर्ष पहिलादेखिको अमेरिकी कंग्रेसमा भएको थियो । तपाईले यस कुराको अलिक अध्यय्न गर्नु पर्छ । २००४ सालमा सुरु भएको भूटान रिपोर्टरमा पुनर्वाशसम्बन्धि कोलन प्रकाशित हुन्थ्यो । के अब हामीले पुनर्वाश सुरु गरेको भनेर भन्ने?
मुकुन्दे दाइको कुरालाई वहुले हलुकासंग लिएको जस्तो लागेको छ । त्यो एउटा गम्भिर विषय थियो । मित्र मनोज जीको इमेल पढ्दा कति कुरा अझै वहुका लागि पनि थप अध्यय्नका विषय जस्तो लागेको छ । निम्न कुरा वहु र वहुका साथीहरुलाई  नयाँ संगठनको तयारीमा लागि रहनु भएको छ पनि महत्वपूर्ण हुन्छन् जस्तो लाग्छ । र यी कुराको प्रतिकि्रया मित्र मनोज जीले दिए राम्रो होला जस्तो लाग्छ ।
१। मित्रजी को नयाँ संगठनमा कति राज्यका भूटानीको समर्थन छ तपाईको प्रेश विज्ञप्तीमा त ९ वटा जस्तो लागेको छ । मित्रजीले सबैलाई समेट्न सक्छु भन्नु एउटा आँटिलो र जटिल विषय हो त्यसका लागि सबैले धन्यवाद दिनु पर्छ । तर वहुले भन्दैमा कतिले मान्लान वा नमान्लान त्यो आफैमा बुभु्ने कुरा हो ।
२। मित्र मनोज जी बसेको राज्यबाट कति जना त्यो पहिलो अधिवेशनमा जरजिया जाँदै छन कतै तपाई एकलै त पुर्नु हुने होइन । अनि सझेक्षरण गर्न पो भुल्लु भएको छ कि ! फ्लोरिडाका साथीहरु के भन्नु हुन्छ यहाँ ?
३। मित्र मनोज जी केन्द्रीय सदस्य रहेको वहु बसेको राज्यमा भूटानीहरुको संगठनमा त्यसप्रकारको छलफल भएको छ कि छैन अर्थात कति जना त्यस संगठनबाट जरजिया जाँदै छन?
४। निष्कृय भनिएको एबेएसंग संगठनलाई परिमार्जीत र सहभागितामुलक बनाउन वा आवश्यकता नभएमा त्यसलाई जरैबाट निमोठ्न कस्ता प्रयास भएका छन कि मित्रजीको संगठन एबेएसंग प्रतिष्पर्धा गर्नका लागि मात्र हो ?
५। एबिएले गर्न नसकेका कामहरु मित्र जीले कसरी सम्भव देख्नु हुन्छ?
६। मित्रजी को बुझाईमा शरणार्थी पुगेका प्रत्येक राज्यमा प्रतिनिधित्वमूलक संगठन हुदाँहुँदै त्यसतो केन्द्रीय संगठनको आवश्यकता किन के यसको आवश्यकताको सबैले महशूश गरेका छन् तयदी छन भन्नु हुन्छ भने मित्रजीको आधार के त?
म चहान्छु वहु जस्तो प्रभावशाली मानिसले यी कुरा गरे राम्रो ।

१। सबै राज्यमा भूटानीका प्रतिनिधित्वमूलक संगठनको विस्तारका लागि प्रयास गर्ने ।

२। भूटानीका प्रतिनिधित्वमूलक संगठनका संचालक र अगुवाहरु मिलेर पुनर्वाश कार्यक्रम पछिको भूटानीको अवस्था उनीहरुका समस्या आगिको विश्लेशण गर्न एउटा वृहत भेलाको आयोजना गर्ने ।  बरु त्यसतो महान कामको लागि पैसा जुटाउनमा म आँफै लागि पर्ने छु ।
३। शिविरमा आपत विपत परेका साथी-भाईलाई सक्दो सहयोग गर्ने एउटा दरिलो र वैधानिक माच खडा गर्ने । यसो हुन सकेमा मित्र मनोजजी र वहुको संगठनलाई आगामी दिनमा अमेरीका आउने भूटानीले पनि भित्रैबाट समर्थन गर्नेछन् ।
४। पुनर्वाशमा त्यहु आएका सबै भूटानीको तथ्याङक संकलन गर्ने । त्यस पछि फोन मास एसएमएस वा मास इमेल गर्न सुरु गर्ने ।
५। मित्रजी तपाईको संगठनको विचार अति नै राम्रो छ । सबैले त्यसको भलो चहाएका छन् । तर उनीहरु के चहान्छन भने दुइ-चार जनाले केही गर्न सिकंदैन । पछि बेकामे भएर जाने हो कि जस्तो मनसाय मात्र सबैको रहेको मैले बुझेको छु । त्यसकारण त्यस संगठनको नाम बुक गरेर राख्ने होकी पछिका लागि
६। मित्रजी अमेरीकामा आएका ३० हजार भूटानीहरुको समर्थन भनेको चानचुने कुरा हैन । सबैलाई नसके पनि कम्तिमा १०००० भूटानीलाई बटुल्न सक्नु हुन्छ हो भने तपाईको कदमलाई सारा संसारले हेर्नेछ । सबैले स्यावास दिनेछन् । मलाई पनि निमन्त्रणा गर्नोस रिपोर्टिङको लागि म सारा शिविरबासीको सहयोग बटुलेर त्यहाँ आउने छु । त्यस्तो जनभेला नै निर्वाशनको सबैभन्दा ठूलो उपलब्त्रि हुनेछ । त्यसपछि प्रजातान्त्रिक आन्दोलनका लागि न त हामीलाई राजनैतिक दल वा न कुनैसंगठनको आवश्यकता पर्नेछ । यस कुरामा तपाईको प्रतिकि्रया के?
७। मनोजजी एबिएका साथीहरुको निष्कृय गतिविधि देखेर तपाईहरु संगठनका लागि अघिसर्नु भएको हो भने त्यसले विगतका फुट्का पाठ दो-याउन शिवाय केहि हुन्न । बरु भूटान खुसि हुनेछ । तपाई जस्तो सचेत भूटानीले बरु एबिएका सानीहरुसित वार्ताको थालनी गर्न अग्रसर भए उत्तम हुनेछ । मध्यस्तताको आवश्यकता परेमा भूटान समाचार सेवाका त्यही रहेका साथीहरु तयार हुनुहुन्छ । यसो गरे कसो होला मित्रजी ?
८। मित्रजी त्यहाँ पुगेका भूटानीहरुको अहिलेको समय भने शिक्षा साक्षरता रोजगार र भूटानप्रतिको दरिलो आस्तालाई जीवित राख्ने हो । मेरो बुझाइमा तपाईहरु संगठन विस्तारका समयसापेक्ष र आर्थिकरुपले सबल वन्नका लागि अझै केही वर्ष कुर्नुपर्दछ जस्तो लाग्छ । देश विगार्ने हैन बनाउने कुरा छ तपाई-हामीले साधारणरुपमा सोचेजस्तो छैन ।
मित्रजी अरु सबै आराम छ । काठमाडौंमै छु म । त्यहाँ जस्तै यहाँ पनि बेरोजगार बडेका छन् । म पनि नेपाल बेरोजगार संगठनमा अतिथि सदस्यताका लागि सोचीरहेको छु । गएको ३ महिनादेखि बेरोजगार छु । तपाईले मेरा कुरालाई गालीको रुपमा लिनु हुन्न होला जस्तो लागेर यो विचार तयार पारेको छु ।
 
तपाईमा सृजना हुने सबै प्रश्नको उत्तरदिन म सधै तयार छु ।  
Advertisements